युकेमा एनआरएनएको कार्यक्रम सम्पन्न
युकेमा भव्यताका साथ एनआरएनएको कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक शेर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, आइसीसी सल्लाहकार विश्वआदर्श पन्डित, आइसीसी सदस्य ललितकुमार न्यौपाने, काउन्सिलर जीव बेल्वासेले शुभकामना मन्तव्य दिएका थिए ।
भर्चुअल माध्यमबाट स्वागत मन्तव्य दिंदै एनआरएनए इंग्ल्यान्ड परिषदका अध्यक्ष एलबिजेड गुरुङले मौलिक नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षणको लक्ष्य राखेर कार्यक्रम गरिएको बताएका थिए । कार्यक्रमले बेलायतमा हुर्किंदै गरेको नयाँ पुस्तालाई समेत नेपाल र नेपालीपनसँग जोड्न सहयोग पुर्याएको विश्वास उनको थियो ।
कार्यक्रममा नेपाली परम्परा र संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । गायक गायिकाहरु मनसुदन थापा, कल्पना श्रीपाल र सुमन गौतमले विशेष प्रस्तुति गरेका थिए । अन्य स्थानीय कलाकारले आकर्षक नाचहरु देखाएका थिए । साथै, मौलिक देउसी भैलो खेलेर मनोरञ्जन पनि गरिएको थियो ।
पहिलो सत्रमा औपचारिक कार्यक्रम सञ्चालन परिषदका सचिव राम पन्थी र सहसचिव अञ्जु कुँवरले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम सहसचिव अञ्जु कुँवर र सुस्मिता थापाले गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष भक्त दर्जीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन/साहित्य
ट्याग : #एनआरएनए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्