Techie IT
सोमबार, वैशाख ८,२०८२

“हर्के हल्दार” पुरानै चरित्र र जिम्बेवारी लिएर पुन संचालन हुदै


पृथ्वी गोलो छ, घुमीफिरी रुम्झाटार भन्या जस्तो बिगत ११ बर्ष पहिले निर्माण टिमसँग साधारण मनमुटाभ भएर कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको टेलिश्रृङ्खलाूहर्के हल्दारू छोडेर ूडिट्ठा साबू निर्माण गरेर आफ्नो कलाकारीता,निर्देशन र लेखनमा दक्ष किशोर भण्डारीूडिट्ठा साबू पुनः ूहर्के हल्दारूमा पुरानै चरित्र र जिम्बेवारी लिएर फर्केका छन । उनीसँगै उन्का जोडी ूरेश्मा तिमल्सिनाूबुनुमैचाू पनि फर्केकी छिन ।
७७ भाग सम्म हर्के हल्दारमा रहेर बाहिरिएका डिट्ठारबुनुमैचा ५२१ भागमा पुन समेटिएका छन।ूहर्के हल्दार टिममा पहिलाको जस्तो चलखेल, आफ्ना मान्छेलाई माथी पुर्याउने, कथा र सिरीयलको मर्म नै मार्ने, खुराफाती सोचका सदस्यहरु नभएको र आफ्नो कला मेहेनतको सहि मुल्याकन हुने पक्का भएर फर्केको किसोर बताएका छन। परिस्थिती र स्वार्थीहरुको चलखेलका कारण छोडनु परेको हर्के हल्दारमा फर्किदा बिस्थापीत भएपछि पुनः आफ्नै घरमा फर्किन पाएकोमा खुसी छु अझै राम्रो काम गरेर देखाउने रेश्माले भनिन।
हर्केका प्रमुख पात्र बिष्णु सापकोटा सुरुको बेलाका सदस्यहरु टिममा भित्राउन पाउँदा हर्के हल्दारको प्रस्तुती अझै उच्च कोटीको हुनेमा बिश्वस्त रहेका छन । हर्केमा ूबाटुलीू रोशनी सपकोटाको नि पुनःप्रवेस भएको छ ।अन्य कलाकारहरुमा सुरेन्द्र के।सी।ूमुला सागू, बिनोद परियार, शुसिला निरौला ूबिमलीू,शिबहरी बैरागी, ईन्द्र व्दोङ ूखम्बेू शान्ती बस्नेत, सरु दाहाल, बिन्दा दुलाल, राजेन्द्र गिरी, सागर गीरी लगायतका अभिनयमा प्रवेश पोखरेलको छायाङ्कन, सञ्जय लामाको श्रृङ्गार, राजको सम्पादन, निर्देशन सहयोगी भद्र भुजेलको रहेको हर्केको निर्देशन इन्द्र व्दोङ लामा ूखम्बेू को रहेको छ।
हर्के हल्दार कान्तीपुर टेलिभिजनामा हरेक आईतबार राती ९स्०० बजे प्रसारण हुँदै आएको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #हर्के हल्दार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545