Techie IT
सोमबार, वैशाख ८,२०८२

बर्दिवासमा साहित्यिक शृङ्खला सम्पन्न


– जीवनराज दाहाल (बर्दिवास)

 

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको १७ औँ शृङ्खला सम्पन्न ।

आज मिति २०७८ साल असोज २ गते शनिबार बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २७ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।

यस प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेको सञ्चालनमा सम्पन्न शृङ्खलामा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, सचिव यशोदा श्रेष्ठ, बर्दिवास छन्द चौतारीचौतारीका अध्यक्ष अग्नि कवच, मिथिला साहित्य प्रतिष्ठानका सल्लाहकार तथा समितिका संयोजक नानीराम दहालले शृङ्खला सफलताको शुभकामना दिनुभएको थियो ।

शृङ्खलामा प्रलेसका केन्द्रीय सदस्य एवं प्रलेस प्रदेश नम्बर २ का अध्यक्ष पार्थ सारथि र बलेसी साहित्य समाज महोत्तरीकी कोषाध्यक्ष विमला बलप्पाकी पनि उपस्थित हुनुभएको थियो ।

उक्त शृङ्खलामा विभिन्न लयककविता, गजल, मुक्तककासाथै चुट्किलासमेत प्रस्तुत गरिएको थियो भने शृङ्खलामा डुनिसा थापा (जेनिशा) पुरुषोत्तम वराल, मनिष महतो, मन्दिप कार्की, दर्शक बलप्पाकी, शिवनाथ साह, लालबाबु महतो, राम यादव, शिवजी महतो, नवल किशोर महतो, पवन वाग्ले, जीवनराज दाहाल, यशोदा श्रेष्ठ, नानीराम दहाल, अग्नि कवच, जीवनस्पर्शी र आर सी पौडेल (विपुल) ले आ-आफ्नो सिर्जना प्रस्तुत गरेका थिए ।

सो शृङ्खलामा अन्य सहभागीहरुमा सिभाङ्गी सिंह, नितेश कुमार यादव, कमलेश यादव, मिथिलेश यादव, ललित कुमार सिंह, मोनालिसा बलप्पाकी, आनन्द अग्रवाल, पुजन कुमार ठाकुर, नवीन यादव, जेनिश थापा, मोनिका आले थिए ।

यस प्रतिष्ठानको २७ औँ शृङ्खलालाई भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी भाइबहिनी लगायत उपस्थित् सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुप्रति सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545