मोतिराज खनाल र चुमान काउछाको तिज गीत ‘जम्काभेट’ विमोचन
काठमाडौँ १७ साउन । मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
उनले पछिल्लो सयम विकृतिजन्य गीतहरु बजारमा आइरहेका भन्दै ति गीतहरुलाई सरकारले नियमन गर्नुपर्ने बताए । महासंघकका महासचिव प्रेमनाथ अधिकारीले भाषा,कला संस्कृतिको विकास, संवद्र्धन,र उत्थानमा महासंघले निरन्तर काम गरिरहेको भन्दै श्रृष्टाको वृतिविकास र सम्मानमा कुनै कमि नराखिने बताए । नेकपा एमाले अर्घाखाँची– काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष विशाल मिश्रले खनाल कुशल कलाकारको रुपमा स्थापित भइसकेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट खालका प्रस्तुतीहरु पस्कनुपर्ने बताए । समाजसेवी ऋषिराम भुसालले राज्यले कलाकारहरुलाई उचित ढङगले सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रमा योगदान गर्ने करिव एक दर्जन व्यक्तिलाई सम्मान गरिएको छ । गीतमा खनाल, काउछा र आशा बिसीको स्वर रहेको छ । लय,शब्द खनालकै रहेको छ भने एरेन्ज काउछाले गरेका छन् । गीतको भिडियो निर्देशन सुमन सागरजंग केसीले गरेका छन् । भिडियोमा निर्देशक केसी, बबिता श्रेष्ठ, सौगात मिश्र, काफिया ढकाल, केशव पाण्डे र गायक खनालले समेत अभिनय रहेको छ ।
गीतलाई मञ्जरी क्रियशन युटुव च्यानलबाट बजारमा ल्याइएको हो । खनालका यस अघि ‘जुनीजुनी सँगै बाचांैला’, ‘ऋण बढेर दोब्बर भैसक्यो’, ‘सँगै सुते लाग्छ गोडामा’, ‘लाली गुराँस फुल्यो मायालु’, ‘क्या राम्री पुतली’, ‘मामा घर’, ‘सधै तमासा’ ‘के जवाना आयो बरिलै’ बजारमा आएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मोतिराज खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्