Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालको राजनीति


जे.पी नेपाल

नेपालको राजनीति ,लाजनिती भयो

कोरोनाको दोस्रो लहर ,देसै भरि गयो

जनताको सेवा गर्ने , पाइयेन है देशमा

जुन जोगि आए पनि , उस्तै उस्तै भेसमा

 

जनताको चासो भन्दा ,सत्ताको नै खेल

राजनीतिमा तिगडम बाजि ,सधै जाल झेल

कस्तो रोग आयो दैब , जनता मर्ने भयो

राजनीतिमा सत्ताको खेल , घिन लाग्दो रयो

 

फोस्रा चिप्ला आदर्सका , कुरा मात्रै गर्ने

औषधिसमेत खान नपाई , जनता मर्नु पर्ने

एउटा गये अर्को आउछ , उस्तै उस्तै शासन

जनता लाई चाइयेको छ , अन्न पानी रासन

 

राणा शासन पन्चायत , गणतन्त्र हेर्यु

परिबर्तन हुन्छ भन्दै , धेरै शासन फेर्यु

सधै भरि झुक्याउदै छन् ,जनता लाई हेर

न्यायमुर्ती जनताले , फाल्छ्न कती खेर

 

जनताले हिसाब किताब , राखेका छन् हेर

बन्द गर येस्ता खेल , अती भयो धेर

सबै मिलि जन शेवा , देश निर्माण गर

जनताको मुहारमा , सधै हासो भर

जनताको मुहारमा , सधै हासो भर ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जे.पी नेपाल, #नेपालको राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545