गायक नवीन पौडेलको लोकप्रियता चुलिँदो

काठमाडौं । गैर–आवसीय नेपाली संघको निमन्त्रणामा युरोप पुगेका गायक नवीन पौडेलले युरोपको लक्जेम्बर्गमा आयोजित गैर आवसीय नेपाली संघको एघारौं युरोपियन सम्मेलनमा उपस्थित विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाएका छन् ।
पौडेल यतिबेला युरोपका विभिन्न देशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । सबै उमेर समूहका दर्शक स्रोताको मन जित्न सफल गायक पौडेलले युरोपमा रहेका नेपाली हरुको मन पनि जितिरहेका छन् ।
उनका गीतले के युवायुवती, के वृद्धवृद्धा सबैको प्रतिनिधित्व गरेको हुन्छ । विशेशगरी सामाजिक यथार्थता, कुरीति, कुसंस्कार एवंम् महिला अधिकारको पक्षमा गीत गाउने नवीनले सबैको भावनामा डुबेर गीत गाउँदा युरोपमा बस्ने नेपालिले अत्यन्त मन पराएको गायक पौडेलले बताए ।
नवीनको प्रस्तुतिले मन नछुने सायद कमै मान्छे हुन्छन् । नेपालको मेचीदेखि महाकालिका अधिकांश भूभागमा पुगेर सबैको मन जितिसकेका नवीन विदेशमा बस्ने नेपालीको पनि मन जितिरहेका छन्।
गीत सङ्गीतमार्फत सामाजिक यथार्थतालाई छर्लङ्ग पार्न सिपालु नवीनको पछिल्लो गीतले बजारमा निक्कै चर्चा कमाएको छ। ‘चार बजे स्कुल बाट घरमा आइनन् भनी, बस्नुपर्छ बाउआमाले औँला गनि गनि, जोगाउनै गाह्रो, फुलेको तोरीलार्इ बैँस आकी छोरीलार्इ जोगाउनै गाह्रो, यो गीत युट्युबमा एक महिनामा करिब सात लाख दर्शक श्रोताले हेरेका छन् ।
यो गीतमार्फत पौडेलले बिशेशगरि महिला अथवा छोरी मान्छेहरुको सामाजिक सुरक्षाको आवाज उठाएका छन् । त्यसो त यसभन्दा अगाडि ‘पल्ला घरका जेठाजुले आइए बिए बढ्छन हाम्रा घरका नामर्दत भर्याङ चढ्दा लड्छन्– के सम्झनु छर जान्न मत त्यो घर,’ ‘ए हजुर सुन्नु भाछर,’ ‘हरेक जातजाती छौँ नानाथरी,’ ‘यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया बुढिकन्या बन्नेभा,’ ‘दुखका दिन गए,’ ‘नयाँ पार्टी खोल्छु,’ ‘बुलाकी झुम्काना,’ ‘श्रीनगर बतासे डाँडैमा’ लगायताका दर्जनौं गीत हरुले बजारमा अमिट छाप छोडिसकेका छन् ।
उनले युरोपका विभिन्न देशहरु लक्जेम्बर्ग, बेल्जियम, फ्रान्स, जर्मनीमा यिनै गीतहरुमार्फत भरपुर मनोरञ्जन दिएका थिए । उनले थपे, ‘विदेशमा बस्ने नेपालीहरुमा कला संस्कृतीको माया र मोह अझ बढी रहेछ ।’
यथार्थपरक एवंम् समयसापेक्ष गीतका पर्याय नवीन यो भन्दा अघि जापान, मलेसिया, युएर्इ, बाङ्लादेशलगायतका देशहरुमा पुगेर त्यहाँ रहेका नेपालीहरुको मन जितिसकेका छन् ।
प्रस्तोता समाज नेपालका कार्यसमिति सदस्य, अन्तष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय सदस्य पनि हुन् पौडेल ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्