‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं — वैशाख ७, २०७८।
‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन्। त्यस्तै, गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन्। उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र टिमले गरेका हुन्।
ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको ‘सुन हैन’ बोलको उक्त गीतमा ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ सिंगिङ तर्फका विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्निया बिनाडीले आफ्नो आवाज भरेका छन।
भिडियोमा ड्रीम सर्च एजेन्सीद्वारा संचालित ‘अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का डान्स तर्फका विजयी प्रतिस्पर्धीहरुलाई फिचरिङ गरिएको छ । जसमा सोनी लामा तामाङ, ओम राजवंशी, अपुर्व कर्मचार्य, प्रलक्षा कार्की, कृष तामाङ, दिभम राखेचा, दृष्टि धिमाल र आज्ञा थपलियाको अभिनय देख्न सकिने छ।
मीरा साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियोको प्रोड्युसरमा ड्रीम सर्च एजेन्सीका सिईओ कमल निकोन क्षेत्री रहेका छन भने भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।
भिडियो —
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्