‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा

काठमाडौँ — चैत्र २४, २०७७।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘फेस अफ टिन,२०२१’ को उपाधि पूर्णिका सिजापति र सबल नकर्मीले जितेका छन् ।
सिल्भरस्टार ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले फ्लाईटेक ईन्टरनेशनलबाट एयरहोस्टेस स्टडीमा छात्रवृत्ती, एवरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ती प्राप्त गर्नुको साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल रहे । पूर्णिकाले उपाधी संगै मस्ट ब्युटिफुल र बेस्ट पर्सनालिटी विधाको अवार्ड र सबलले मस्ट ट्यालेन्टेड विधाको अवार्ड समेत आफ्नो हातमा पार्न सफल भए।
सनिश शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपिका पराजुली र साईस राज शाक्य ‘फस्ट रनर अप’ तथा अन्जली शाह र लायन जोशी सेकेण्ड रनर अप घोषित भए।
साथै सिम्रिक श्रेष्ठ र साईस राज शाक्य मस्ट पपुलर घोषित हुँदा एन्जल श्रेष्ठ र सुजन थापा पब्लिक चोईस अवार्ड वीनर हुन सफल भए।
विधागततर्फ भने मस्ट ईन्टलेक्चुअल प्रकृती कार्की, मस्ट ट्यालेन्टेड / मस्ट ग्ल्यामरस दिपिशा तामाङ, मस्ट फोटोजेनीक आयुषा के सी, मिस रनवे मोडल लिया आले मगर, मस्ट डिसिपिलिन्ड सलिना बस्नेत, मिस पब्लिक चोईस / मिस बेस्ट स्माईल एन्जल श्रेष्ठ, मिस फेशन आईकन / मिस फ्रेन्डशीप मन्दिरा लामा, मिस मल्टिमिडिया सिम्रीक श्रेष्ठ, मिस फोटो कन्टेस्ट वीनर बिनिशा बलामी, बेस्ट ड्रेस रबिना लामा, मस्ट कृयटिभ प्रनिता मोते, मस्ट कन्फिडेन्ट बिपना मगर, बेस्ट फिगर अन्जली शाह, मिस डाईनामिक सबिता सिवाकोटी, मस्ट पङ्चुअल करुणा रसाईली, मिस बेस्ट मोडल / बेस्ट पर्फमर दिपिका पराजुली, मस्ट इनर्जेटिक निर्जु साह, मिस एलिजेन्स सफलता डंगोल र, मिस फेवुलस बिपना मगर घोषित भए।
त्यसैगरी विधागत पुरुषतर्फ भने बेस्ट पर्सनालिटी सुजन थापा, मस्ट फोटोजेनिक प्रज्वल बिके, मिस्टर रनवे मोडल साईस राज शाक्य, मस्ट डिसिपिलिन्ड बिबेक तामाङ, मिस्टर फ्रेन्डशीप खिर्जन कुशवाहा, बेस्ट फिजिक लायन जोशी र मिस्टर मल्टिमिडिया सुजन थापा घोषित भए।
रुविश्का श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायक मण्डलमा अनुप सक्सेना, महेश केसी, दिपक घिमिरे, आस्था शाखा, निलम पौडेल र रोजिका पोखरेल रहेका थिए।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई नृत्य, गायन, शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। टीन एजर युवा युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक तथा कोरियोग्राफर सनिश शाक्यले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्