हवाइजहाजभित्र राज्यमन्त्री रामवीर मानन्धरमार्फत साङ्गीतिक एल्बम विमोचन ,विश्व कीर्तिमान कायम

गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र ३६ हजार फिट उचाइमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरमार्फत ‘मुटुमा सधैँभरी’ साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।
उक्त साङ्गीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार प्रदीपराज वन्त र किर्जना डङ्गोलको मोडलिङ तथा आरध्यालक्ष्मी खड्गीले कोरियोग्राफी गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले वरिष्ठ गीतकार प्रधानलाई आज वल्र्ड बुक अफ रेकर्डस् नेपालको तर्फबाट सम्मान गरेका छन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व कीर्तिमानले नेपाली र नेपालको शिर ठाडो बनाएको बताए । “संसारमा कसैले नगरेको काम गरेर नयाँ रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम हो, तपाईले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ,” उनले भने ।
शहरी विकास राज्यमन्त्री मानन्धरले साङ्गीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताए । नेपालीहरुले धेरै क्षेत्रमा वल्र्ड रेकर्ड बनाइसकेको उनको भनाइ थियो ।
गीतकार प्रधानले सबैको साथ, सहयोगका कारण आफूले विश्व रेकर्ड बनाउन सफल भएको बताए । सोही अवसरमा वल्र्ड रेकर्ड बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विश्व कीर्तिमान कायम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्