‘छुर्पि चौरी गाईको’ अपार सफलता पछि दामोदर भण्डारीको ‘फुल राम्रो रातै हो’ सार्वजनिक (भिडियोसहित)

काठमाण्डौं- पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट सृर्जनामा ‘फुल राम्रो रातै हो’ गितको अफिसियल म्युजिक भिडियो भखरै सार्वजनिक भएको छ । गितमा लोकप्रिय चर्चित गायक गायिका दमोदर भण्डारी र तुलसि धर्ति मगरको निकै सुमधुर आवाज सजिएको छ । सर्जक एवम् गायक दामोदर भण्डारीको उत्कृष्ट लय शब्द सृर्जना रहेको गितमा डोल राजले संगित संयोजन रहेको छ । फुल राम्रो रातै हो पैसाबाल देखेसी टासिने केटी जातै हो , फुल राम्रो रातै हो, राम्री केटी देखेसी टासिने केटाको जातै हो केटा केटी विचको यस्तै यस्तै रमाईला कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ । सर्जक एवम् गायक दामोदर भण्डारी अत्यन्तै सहयोगी , मिलनसार साथै उत्कृष्ट गित सगित सृर्जना एवम् रचना गर्ने सर्जक पनि हुन् ।
निकै मिठो सुमधुर आवाजमा धनि भण्डारीको केही समय अघि वजारमा आएको गित ‘छुर्पि चौरी गाईको’ टिकटक देखी युटुवमा निकै भाईरल भएको थियो भने भण्डारीको चर्चा निकै चुलिएको थियो । ‘फुल राम्रो रातै हो’ गित सार्वजनिक भए लगतै कान्तिपुर पाटीसंग कुरा गर्दै निकै मिहिनेतका साथ फरक प्रसंगको साथमा नया सृर्जना लिएर आएको छु, विगतमा जस्तै ‘छुर्पि चौरी गाईको’ गितलाई जसरि माया गर्नु भयो, यो गितलाई पनि त्यस्तै माया गर्दिनुहुन्छ भने आशा अनि अपेक्षा गरेको बताए । गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , चर्चित म्युजिक भिडियो निर्देशक एवम् कोरियोग्राफर काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा निकै चर्चित कलाकारहरु अभिनय एवम् डान्सिंग फिचर रहेको छ । लोकप्रिय कलाकार विमल अधिकारी, करिष्मा ढकाल, वविन सिंह ठकुरी, अस्मिता पुरी, भरत श्रेष्ठ, सृर्जना किराती, रोशन गैरे, सपना रावत लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ। समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट वनेको छ, गितको म्युजिक भिडियोमा राजेश घिमिरेको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ । उक्त गितको म्युजिक भिडियो Damodar Bhandari को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो : https://youtu.be/3invmiMj418
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्