Techie IT
आईतबार, वैशाख ७,२०८२

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २१ औँ शृङ्खला सम्पन्न


जीवनराज दाहाल (बर्दिवास)
आज मिति २०७७ साल चैत्र ७ (सात) गते शनिबारको दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको २१ औँ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ ।

शृङ्खलाको शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरीका अध्यक्ष एवम् प्रतिष्ठानको उपाध्यक्ष जीवनस्पर्शी, महोत्तरी प्रलेसका उपाध्यक्ष जमुना पोखरेल, सचिव प्रलेस महोत्तरी एवम् प्रतिष्ठानको काव्य विभागका सदस्य रमा शर्मा ढकाल, प्रदेश नम्बर २ पौडेल साहित्य प्रतिष्ठानको अर्थ सचिव अनन्त पौडेल, बर्दिवास छन्द चौतारीका सचिव विपिराज दहाल हुनुहुन्थ्यो ।

उक्त शृङ्खलामा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए । यस शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, राम यादव, जीवनराज दहाल, जमुना पोखरेल, नानीराम दहाल, रमा शर्मा ढकाल, विपिराज दहाल, अनन्त पौडेल, जीवनस्पर्शी र आर सी विपुल हुनुहुन्थ्यो ।

यस प्रतिष्ठानको २१ औँ शृङ्खला भव्य रुपमा सम्पन्न पार्न सहभागी हुने विद्यार्थी भाइबहिनी र अन्य स्रष्टाहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले धन्यवाद ज्ञापन गर्दै शृङ्खला समापन गर्नु भएको थियो ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545