Techie IT
शनिबार, वैशाख ६,२०८२

सुजन खतिवडाको फ्लो इन लभ सार्वजनिक


 नेपाली युवापुस्ता माझ छोटो समयमै चर्चित बनेका युवा निर्देशक सुजन खतिवडाको म्युजिक भिडियो फ्लो इन लभ सार्वजनिक भएको छ ।

आज आइतवार सार्वजनिक गरिएको उक्त भिडियोलाई शक्ति प्रज्जवल घिमिरेले सम्पादन गरेका हुन भने क्यामेरामा बाँसु न्यौपाने छन् । जुढे तामाङ, सोह्मी तामाङको स्वर रहेको उक्त भिडियोमा बालकृष्ण सेवाचार्यको संगीत रहेको छ ।गीतलाई नियोङ लामाले क्रोरियोग्राफ गरेका हुन भने उत्पादन प्रवन्धक सुशिल सेन्जुले गरेका छन् ।

संगीतकार राजु न्यौपाने रहेको भिडियोमा कलाकार सुजन खतिवडा,यरिना ठकुरी, नताशा बोल्न र श्रीजन दाहालको अभिनय रहेको छ । भिडियोको प्रस्तुति सुरो ग्रुपले गरेको छ भने भिडियोलाई हाइलाइस नेपालले बजारमा ल्याइएको छ । भिडियोको पोस्ट प्रोडकसन भने ह्वाईट मिडिया प्रा लि ले गरेको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545