“मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१” को शिर्ष उपाधी रिदम घिसिङलाई

काठमाडौँ — फाल्गुन २६, २०७७।
काजी प्रोडक्सनद्वारा आयोजित “मिस ग्लोबल इन्टरनेशनल नेपाल २०२१” को शिर्ष उपाधी रिदम घिसिङले पहिरिएकी छिन। विजेता घिसिङले दुबईमा आयोजित हुने मिस ग्लोबल इन्टरनेसनल, २०२१ मा आधिकारिक रूपमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन।
गोदावरी भिलेज रिजोर्टमा सम्पन्न भएको अन्तिम प्रतियोगितामा आलोका जोशी फर्स्ट रनर अप भईन भने पलिस्था शाक्य सेकेण्ड रनर अप भईन।
सागरिका श्रेष्ठले संचालन गरेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा मिस ग्लोबल ईन्टरनेशनल नेपालकी नेशनल डिरेक्टर मनिशा डंगोल श्रेष्ठ, सौन्दर्य ब्यवसायी रुश्का श्रेष्ठ, मिस कोस्मोपोलिटियन २०१९ प्रिया रानी लामा, गायिका,संगितकार तथा रचनाकार अश्रा कुवँर, राईनो नेपाल लेदर क्र्याफ्ट निर्देशक एलिशा शाह र मिस्टर नेपाल २०१९, मिस्टर सुपरनेशनल नेपाल २०२१ब सन्तोष उपाध्याय रहेका थिए।
त्रिलोक बिक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेकी थिईन भने कार्यक्रमको संचालन सागरिका श्रेष्ठले गरेकी थिईन ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई शारीरिक फिटनेश ,फोटो सेसन, व्यक्तित्व विकास, कल्चरल भिजीट र स्टेज पर्फमेन्स क्याटवाक सम्वन्धी बिभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । सौन्दर्य प्रतियोगिता मार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्त काजी श्रेष्ठले बताए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्