Techie IT
आईतबार, वैशाख ७,२०८२

लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं, १० फाल्गुण- लाली पाउडर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोशन दासको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियो रेज इन्टरटेनमेन्ट, अर्किड इन्टरनेशनल कलेज, अनुराधा फिल्मस् र क्याण्डल लाइन्ट इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको हो । लाली पाउडर बोलको गीतकारमा अनु शाह रहेकी छिन् भने राम श्रेष्ठ र संगिता मुखियाले स्वर दिएका छन् ।

संगीतकारमा राम श्रेष्ठ र संगीत विन्यासमा बुद्ध सायमी र रेकर्डिसमा ओम कर्माचार्यको भूमिका रहेको उक्त म्युजिक भिडियोमा अन्जना तामाङ र सरोज कार्कीको अभिनय रहेको छ । साथै, उक्त म्युजिक भिडियोको व्यवस्थापक एवम् क्यामरा सहायकमा प्रज्वल गौतम खत्री, छायाँकारमा नितेश घतान र कोरियोग्राफरमा आर्यन घमाल रहेका छन् भने सम्पादन र रंग संयोजनमा रोशन दास र नितेश घतानले गरेका हुन ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545