‘मिस्टर एन्ड मिस टिन शेर्पा’ले पाए तेस्रो सिजनका विजेता

काठमाडौँ — माघ २७, २०७७।
मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । काठमाडौँमा आइतवार सम्पन्न प्रतियोगितामा ९ प्रतिस्पर्धीलाई उछिन्दै डोल्माले उपाधि जितेकी हुन् ।
यता मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका छन् । युगेनले पाँच प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उपाधि जितेका डोल्मा र युगेनाले ताज सहित जनही २० हजार रुपैयाँ नगद हात पारेका छन् ।
प्रतियोगितमा मिस टिन शेर्पातर्फ डोल्मा शेर्पा र मिङमा शेर्पा फस्ट र सेकेण्ड रनर अप बनेका छन् । यस्तै मिस्टर टिन शेर्पा तर्फ दावा जाङबु शेर्पा र गौतम शेर्पा फस्ट र सेकेण्ड रनर अप भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ, विशेष अतिथि नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे शेर्पा सहभागी थिए ।
संघका अध्यक्ष गेल्जे शेर्पा लामाले प्रतियोगिताले शेर्पा समुदायको किशोर र किशोरीमा रहेको प्रतिभा प्रस्फुटन गराउने बताउनुभयो । उहाँले यस्ता खालका अवसरले आत्मविश्वास बढाउन समेत मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङले यस्ता कार्यक्रमले किशोर किशोरीको व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले शेर्पा समुदायको हक आधिकरका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यसपालिको प्रतियोगिता मिस एण्ड मिस्टर टिन शेर्पाको तेस्रो संस्करण हो । प्रतियोगिता गौतम बुद्ध फिल्म्स प्रालिले सन् २०१९ देखि आयोजना गर्न थालेको हो । शेर्पा समुदायको किशोर किशोरीहरुमा भएको खुबीलाई प्रस्फुटन गराउन र आत्मबल बढाउन प्रतियोगिता गरेको संस्थाले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्