एल्वममा समावेश रहेको दुईवटा रोमान्टिक गीत ‘आबन बैठ भट्भटिया पऽ’ र ‘लव करे दे’को भने शुटिंग सम्पन्न भएको तथा अन्यको शुटिङ हुने क्रममा रहेको गायक रुद्रसेनले बताए । निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस एल्वममा गायक, गीतकार तथा सङ्गीतकार रूद्रसेन विश्वकर्माकै एकल शब्द तथा सङ्गीत रहेको छ भने दर्जनौ सुपरहिट गीतको भिडियो निर्देशन गरिएसकेका निर्देशक प्रदिप कुमार रसाइलीको निर्देशन रहेको छ ।
छायाङ्कन सम्पन्न भएका दुबै गीतको सङ्गीत संयोजन / मिक्सिङ कुशल गायक / एरेञ्जर पारसमणिले गरेका हुन् भने दुईगीत मध्ये ‘लव करे दे’मा निर्देशक प्रदिप कुमार रसाइली र रूद्रसेनकै वहुचर्चित मैथिली गीत ‘कानोमे आहाँके झुम्का’ लगायत दर्जनौ नेपाली गीत र चलचित्रमा अभिनय गरिसकेकी नायिका रिचा थापाको रोमान्टिक डान्स रहेको छ ।
तपाईको कमेन्ट लेख्नुहोस्