सौन्दर्य सम्बन्धी ज्ञान लिदै ‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरु

काठमाडौँ — माघ ५, २०७७।
नेप्लिज फेशन होमले आयोजना गरेको ‘मिस नेवाः ११४१’ पन्ध्रौं संस्करणका प्रतिस्प्रर्धिहरुलाई राजधानीस्थित काठमाडौँ मलमा रहेको ग्लो ब्यूटि स्टुडियोमा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गरिएको छ ।
एन एफ एच इभेण्टको सहकार्यमा ग्लो ब्यूटि स्टुडियोको संचालक तथा मोडल दिपाशा बिसीले ‘मिस नेवाः ११४१’का सम्पूर्ण प्रतिस्पर्धी तथा आयोजक टिमलाई खादा तथा केक काटेर सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्ने कार्यक्रममा स्वागत गर्नुभएको थियो।
आयोजक नेप्लिज फेशन होमले नेवार कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्नका लागि विगत १७ वर्षदेखि लगातार ‘मिस नेवाः’ का साथै सानासाना नेवाः नानीहरुका लागि ‘मिस लिटिल नेवाः’ जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आईरहेको आयोजक संस्थाका अध्यक्ष हेमा मानन्धरले जनाउनु भयो।
‘मिस नेवाः ११४१’ का प्रतिस्पर्धीहरुलाई नेवारी कला, भाषा, भेषभुषा, संस्कृतीसम्वन्धी ज्ञानका लागि विभिन्न चरणमा हुने कार्यक्रम अन्तर्गत कल्चरल फोटोसुट, नेवारी पहिरण सम्वन्धी ज्ञान, नेवार भाषा तथा लिपीसम्बन्धी ज्ञान, नेवारी भोज तथा लाखवत्ती सम्वन्धी कार्यक्रम, ट्यालेन्ट शो लगायत विभिन्न चरणमा प्रतिस्पर्धीहरुलाई उक्त बिषयप्रतिको ज्ञान तथा उनीहरुको क्षमता अभिवृद्दी गराउँदै लैजाने क्रममा सौन्दर्य सम्वन्धी ज्ञान प्रदान गर्नु पनि आवश्यक रहेकोले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण स्थगित रहेको कार्यक्रम स्वास्थ्य सम्वन्धी सम्पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्दै पुनः संचालनमा आएको हो। हाल अडिसनमार्फत छानिएका उत्कृष्ट १५ नेवार सुन्दरीहरु ‘मिस नेवाः ११४१’ को ताज जित्न प्रतिस्पर्धामा उत्रिएका छन।
उक्त कार्यक्रममा नेपाल क्याेकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ शिहान अशाेक कुमार श्रेष्ठ लगायत मिस नेवाःनेपाल ११३९ का बिजेता नितु डंगाेल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीकाे समेत विशेष उपस्थिति रहेकाे थियाे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्