बिष्णु कार्कीको “झिलिमिली झिलिमिली काठमाडौंं शहर”सार्वजनिक
गायिका मिरा कार्की तथा गायकरसंगितकार बि.बि. अनुरागीको स्वर बिष्णु कार्कीको शब्द रहेको “झिलिमिली झिलिमिली काठमाडौंं शहर” बोलको गीत सुधन धितालको नेपाली कथानक चलचित्र ‘पर्दाफास’ मार्फत देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना सहित सार्वजनिक भएको छ।
नेपाली सुगमा संगितमा स्थापित हुँदै गरेकी गायिका मिरा कार्कीको सुमधुर स्वरले भरिएको र दर्जनौ गीत नेपाली संगितप्रेमीहरुलाई दिईसकेकी गायिका कार्कीको भने सबै भन्दा प्रियगीत यही झिलिमिली झिलिमिली काठमाडौं शहर रहेको गायिका कार्कीले बताइन् सफल पर्यटन व्यवसायिको रुपमा परिचित समाजसेवी तथा गितकार बिष्णु कार्कीले काठमाण्डौ सहरलाई सप्तरंगी सपनाको शहरको उपमा दिएका छन्।
माया गर्ने मायालु जोडीहरुकोलागि यो सहर झिलिमिली र प्रेमिल बन्ने गरेको सबै सपनाहरु यही सहरमा पुरा हुने अनी मन र मुटु पनि यही सहरमा जोडीने भाव सहित दिपावली झै झिलिमिली काठमाडौं शहर र यो शहरमा पुरा हुने सबै रहर यस गीत मार्फत पर्दाफास हुँदैछ।
गितकार कार्कीको झिलिमिली शब्दलाई संगितकार बि.बि अनुरागीले तिहारको झिलिमिलीमा नाँचु नाँचु लाग्ने संगित भरी आफुले दमदार गायकी प्रस्तुत गरेका छन्।
चर्चित एरेन्जर तथा मिक्सिङ मास्टर श्याम श्वेत रसाइलीको कर्णप्रिय एरेन्ज रहेको झिलिमिली झीलिमिली काठमाडौं शहर बोलको गितमा मोफसलमा रहेर नेपाली चलचित्र क्षेत्रमा अभिनित कलाकारहरुको अभिनय रहेको छ।
चलचित्र गायनमा आफ्नो दोश्रो गित मार्फत नेपाली दर्शक श्रोताको मनमुटुमा बस्ने तथा आफु आशावादी भएको झिलिमिली झिलिमिली काठमाडौं शहर गित मार्फत गायिका आफु पनि सफल हुने कुरा र आफ्नो दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना स्वरुप यो गीत सार्वजनिक भएको जानकारी दिईन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #“झिलिमिली झिलिमिली काठमाडौंं शहर”
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्