किशोर भण्डारीको नयाँ टेलिसिरियल “अड्डा” प्रशारणको तयारीमा

करीब १६ वर्ष देखी नेपाली टेलिभिजनमा आफ्नै लेखन निर्देशनमा टेलीसिरियल निर्माण गर्दै आएका किशोर भण्डारी “डिट्ठा साब” ले Dish home को comedy plus channel no.107 मा मंगलबार राती ९ बजे “अड्डा” टेलिसिरियल प्रशारणमा आउन लागेको छ ।
महको मह चौतारी बाट अभिनय यात्रा सुरु गरेका किशोरले तीतोसत्य जिरेखुरसानी मेरीबास्सै ५० चलचित्रमा अभिनय ५२ घुस्सा ५३ ठक्कर टेलिसिरियल मा लेखन अभिनय गर्दा रेश्मा तिमल्सिना “बुनुमैचा” सँग भेट भएपछी हर्के हल्दार निर्माण सँगै डिट्ठा साब मा निर्देशन सहयोगी चलचित्र चङ्गामा निर्माता हुदै अड्डा सम्म साथ दिदै आएकी छिन् । यस्तैमा कलाकार किशोर भण्डारी पनि हास्यश्रृंखला ‘अड्डा’ को तयारीमा जुटेका छन् ।
यसअगाडि गत ९ भदौबाट प्रसारमा आउने तय भएको यो श्रृंखला सरकारले ३ भदौबाट जारी गरेको निषेधाज्ञाका कारण छायाँकन हुन नसकेपछि प्रसारण स्थगित भएको थियो ।
अब भने असोजको पहिलो साता मंगलबारबाट यो श्रृंखला प्रसारणमा आउने भएको छ ‘केही दिनदेखि स्वस्थ्य सुरक्षाको सम्पूर्ण उपाय अपनाएर ‘अड्डा’ छायाँकन गरेका छौं’ किशोरले भने– सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर थोरै ब्यक्तिको उपस्थितिमा श्रृंखला छायाँकन भइरहेको किशोरले जानकारी दिए ।
किशोरकै लेखन तथा निर्देशन रहने यो श्रृंखला डिस होमको कमेडी प्लस च्यानलबाट मंगलबार राती ९ बजे प्रसारणमा आउनेछ । लामो समयदेखि कमेडी श्रृंखलाहरुमा आफ्नो कलाकारिता पस्किँदै आएका भण्डारीले यस अगाडि ‘डिट्ठा साब’ निर्माण गरेका थिए ।
श्रृंखला प्रसारण भएपछि उनको उपनाम नै ‘डिठ्ठा साप’बनेको छ । धेरैले उनलाई वास्तविक नामले भन्दा यहि परिचयले चिन्ने गर्दछन् ।
सामाजिक कथामा निर्माण हुने ‘अड्डा’ले हरेक मानिसको सरोकारको विषयवस्तु उठाउने छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ ।
त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउछन् कि दुःख । यी सबै बिषय रमाइलो ढंगबाट श्रृंखला देखाउने प्रयास गरिनेछ’ भण्डारीले श्रृंखलाको कथाको बिषयमा बताए ।
श्रृंखलामा किशोरको अलवा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र. जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह,अजय अधिकारी सुशील,सुशील फुयाल,कुशल खनाल,श्याम बहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ ।
प्रवेश पोखरेलको छायांकन,दुर्लभ श्रेष्ठको सम्पादन, समीर मिया को vfx, वसन्त सापकोटाको स्वर संगीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिना निर्देशन सहयोग रहनेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #"अड्डा", #किशोर भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्