Techie IT
शनिबार, वैशाख ६,२०८२

सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा, एकैदिन ३ हजार ६ सयले बढ्यो


काठमाण्डौ । बिहिबार घरेलु बजारमा सुनको मूल्यले थप नयाँ उचाई हासिल गरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको हो ।
यससँगै सुनको मूल्यले १ लाख ९० हजारको आँकडा पार गरेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको कारोबारमा २७ सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #एकैदिन ३ हजार ६ सयले बढ्यो, #सुनको भाउले नाघ्यो १ लाख ९० हजारको आँकडा


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
19°
Rain
5:33 am6:31 pm +0545