Techie IT
शुक्रबार, चैत्र २८,२०८१

दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा


काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोहि अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545