Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ, माघ ६ गते । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु। आठ सय र चाँदी प्रतितोला रु।३० घटेको हो ।

गत शुक्रबार प्रतितोला रु। एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रु। एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु। एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रु। एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #सुनचाँदीको मूल्य घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545