बीमा कम्पनीबाट पाँच महिनामै बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा बीमा कम्पनीहरूबाट ६ अर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ ।
चालू आवको साउनदेखि मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूको ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा ४५ हजार ६० जना बिमितले पोलिसी सरेण्डर गरेका हुन् । यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको ११ हजार ७९३ वटा पोलिसी बापतको एक अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको १० हजार ३१७ वटा पोलिसी बापतको एक अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।
प्राधिकरणको अनुसार चालू आवको पाँच महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड ११ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै मेट लाइफको १७ करोड २३ लख र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।
त्यस्तै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ३० लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको ३२ करोड ६४ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ९५ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड ८० बराबरको सरेण्डर भएको छ । यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #बीमा कम्पनीबाट पाँच महिनामै बाहिरियो ६ अर्ब १० करोड रुपैयाँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्