Techie IT
शुक्रबार, वैशाख ५,२०८२

लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’


काठमाडौँ, पुस २१  गते ।  साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको छ ।

यससँगै बजार लगाता्र ३ दिन सामान्य अंकले बढेको छ । गत बुधबार नेप्से परिसूचक ५.१० र बिहिबार ४.६३ प्रतिशतले बढेको थियो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्,  ‘आज पनि बजारमा पुस मसान्तको दबाब देखिएको छ । पछिल्लो समय बजारले गति लिन नसक्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु मुख्य कारण हो । विस्तारै भोल्युम बढ्दै जादा र लगानीकर्ताको मनबोल पनि बढ्दै जादा बजारले पुनः गति लिन सक्छ ।’

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि बजारको गिरावटलाई पुस मसान्तको दबाबको रुपमा व्याख्या गरे । यद्यपी विगत ३ कारोबारदेखि बजारमा भोल्युम बढ्दै जाुन भने सकारात्मक पक्ष भएको उनले बताए । ‘केही दिनमा बजारले यसैलाई न्यून विन्दु बनाएर माथिको यात्रा गर्नेछ र अब घट्ने क्रम पनि रोकिने छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.६०, लगानी ०.३९,जीवन बीमा ०.२७,निर्जीवन बीमा ०.०४,अन्य ०.१० र व्यापार समूह १.१४ प्रतिशतले बढ्यो ।

वित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूहमा आज १.०४ प्रतिशतको गिरावट देखियो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.१४ र म्युचुअल फण्ड समूह ०.७४ प्रतिशतले घट्यो ।


क्याटेगोरी : अर्थ
ट्याग : #‘भोल्युम बढ्दै जानु सकारात्मक’, #breaking, #जानकार भन्छन्, #लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545