Techie IT
शुक्रबार, वैशाख ५,२०८२

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो भाउ ?


काठमाडौँ, पुस १८ गते ।  घरेलु बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य आज २५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज पनि बढ्यो सुनको मूल्य, #प्रतितोला कति पुग्यो भाउ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545