Techie IT
शनिबार, वैशाख ६,२०८२

२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, जानकार भन्छन्, ‘करेक्सन अन्तिम चरणमा’


काठमाडौं, पुस १६ गते । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘केही कमजोर कम्पनीबाट ठूला खेलाडी पछि हट्दा आज बजारमा गिरावट आएको छ । यो भनेको बजार घटाएर आन्दोलनमा मान्छे ल्याउने प्रपञ्च पनि हुन सक्छ । यद्यपी रिस्क–रिवार्डमार्फत बजारलाई हेर्ने हो भने कम बजारमा कम जोखिम र बढी प्रतिफल हुने देखिन्छ । बैंकिङ र नेप्से दुवैमा अन्तिम करेक्सन हुँदै गरेका देखिन्छ । ’

त्यसैले बजार लगभग लगभग करेक्सनको अन्तिम चरणमा आएको थापाले दाबी गरे ।

अर्का बजार जानकार दामोदर गजुरेलले कर्णाली डभेलमपमेन्ट बैंकको केसले अन्य बैंकको रिपोर्टमा शंखा गर्दा बजार घटेको बताए । ‘संसदीय समितिमा जलविद्युत कम्पनीको लकिङ अवधि खुलाउने विषयमा चर्चा चल्नु, नन फण्डामेन्टल कम्पनीबाट लगानीकर्ता निस्कने प्रयास गर्नु जस्ता विषयले आज बजार ओरालो लागेको छ । यद्यपी आज अन्तिम प्रहरमा बजार सम्मालिन खाजेको छ । यसले बजार २५ सय विन्दुभन्दा तल जादैन भन्न सकिन्छ’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.०६ प्रतिशतले बढ्यो ।

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.९२ प्रतिशत,विकास बैंक २.७७,होटल १.३८,हाईड्रो १.७३,लगानी ०.०८,जीवन बीमा ०.६५,उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१,म्युचुअल फण्ड ०.३८,निर्जीवन बीमा ०.९५ र व्यापार समूह २.९७ प्रतिशतले घट्यो ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #‘करेक्सन अन्तिम चरणमा’, #२६ सय विन्दुबाट ओरालो लाग्यो नेप्से, #breaking, #जानकार भन्छन्


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545