Techie IT
शनिबार, वैशाख ६,२०८२

विकास बैंकहरुको शेयर मूल्यमा पहिरो


काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले रोक लगाएपछि विकास बैंकहरुको शेयरमूल्यमा पहिरो गएको छ । बिहीबारको कारोबारमा सबै विकास बैंकहरुको शेयरमूल्य घटेको छ ।

बिहीबारको कारोबारमा तीन विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

यी तीन वटै बैंकको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता क्रमशः १३९९।५०, ११५६।५० र ८४६ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९।४४ प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ८।४० प्रतिशतले घटेको छ । साथै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ४।४२ प्रतिशतले घटेको छ ।
४।१९ अंकले बढेको नेप्सेमा सबै विकास बैंकको शेयरमूल्य आज घटेको छ । विकास बैंक समूह आज समग्रमा २।४८ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #विकास बैंकहरुको शेयर मूल्यमा पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545