निरन्तर ओरालो लाग्दै नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अन्यौलता मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१९ प्रतिशत अर्थात ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४४५.७७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ४ अर्ब ७६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘राजनीतिक अन्यौलतका कारण नै पछिल्लो समय बजारमा करेक्सन आएको छ । राजनीतिक स्थिरता कायम नएभसम्म आर्थिक स्थिरता हुँदैन ।’
आजको बजारको घटाईको मुख्य कारण प्यानिक सेल नै रहेको उनले बताए । यद्यपी मध्य र दीर्घकालका लागि भने लगानीको अवसर नै रहेको बताउँदै उनले लगानीकर्ता डराउनु पर्ने अवस्था नभएको बताए ।
उनले अहिले नै बजारमा पुस मसान्तको दबाब नआईसकेको समेत दाबी गरे । ‘बजारमा नयाँ कर्जा नजानु र निर्माण व्यवसायीलाई दिएको सहुलियत नविकरण नहुनुले बजारमा बिक्री दबाब आएको हुनसक्छ ।’
त्यस्तै अर्का बजार जानकार शालीग्राम ढकाल भन्छन्, ‘सरकार परिवर्तनको हल्ला फैलिदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका कारण बजारले पछिल्लो समय गति लिन सकेको छैन । कम्पनीहरुको लाभांश घोषणा राम्रो नआउनु र २६ सय विन्दुभन्दा तल खस्दा बजारमा बिक्री दबाब आएको छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात २.७३ प्रतिशतले घटेको छ । बैंकिङ समूह पनि आज ०.८२ प्रतिशत,विकास बैंक १.२५, फाइनान्स २.३१, होटल ०.८७,हाईड्रो १.५२,लगानी १.९५,जीवन बीमा १.०४,उत्पादन तथा प्रशोधन ०.३३, लघुवित्त ०.७१,म्युचुअल फण्ड ०.२६,निर्जीवन बीमा १.०५ र अन्य समूह ०.९३ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १७ करोड ६० लाख बढीको कारोबार भयो । कर्णाली डेभलपमेन्ट बैंकको आज ११ करोड ४५ लाख,नेपाल फाइनान्सको १० करोड २२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ६ लाख र जोशी हाईड्रोपावरको ७ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सामूदायिक लघुवित्तको सेयरमूल्य ७.९६ प्रतिशत,भूगोल इनर्जीको ५.०९,मेन्छियाम हाईड्रोपावरको ४.५० र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.३९ प्रतिशतले बढ्यो ।
यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै अर्थात ९.२१ प्रतिशतले घट्यो । माईखोला हाईड्रोपावरको सेयरमूल्य पनि आज ६.६३ प्रतिशत,मानुषी लघुवित्तको ५.८० र रिभर फल्स पावरको ५.७८ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #‘राजनीतिक अन्यौलता मुख्य कारण’, #breaking, #जानकार भन्छन्, #निरन्तर ओरालो लाग्दै नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्