झिनो अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.११ प्रतिशत अर्थात २.९५ अंकले बढेर २ हजार ६३३.८७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०८ प्रतिशतले बढेर ४५१.६६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन ५ अर्ब ९३ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘बजारमा विभिन्न अफवाहले गर्दा बजार माथि जान सकेको छैन । बजारलाई खासै नीतिगत सपोर्ट भएको छैन ।’
यद्यपी अब गभर्नरको कार्यकाल सकिन लागेकाले बजार २६ सय विन्दुभन्दा तल नजाने उनले दाबी गरे ।
यस्तै अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले २–३ वटा कारणले बजारमा पछिल्लो समय गति लिन नसकेको बताए । ‘मौद्रिक नीतिको समीक्षामा नीतिगत परिवर्तन केही पनि नआउनु ब्याजदर घट्न रोकिनु जस्ता कारणले यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने ।
घटेर बेच्न नचाहेका कारण आज बजार स्थिर देखिएको घिमिरेले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो । आज फाइनान्स समूहमा सर्वाधिक वृद्धि देखियो। यो समूह आज ०.८७ प्रतिशतले बढेर ३ हजार १४२ विन्दुमा पुग्यो ।
यस्तै बैंकिङ समूह ०.१७ प्रतिशत, होटल ०.१८,हाईड्रो ०.१४,लघुवित्त ०.५६,निर्जीवन बीमा ०.१९, अन्य ०.१३ र व्यापार समूह ०.५९ प्रतिशतले बढ्यो ।
आज विकास बैंक समूह ०.६५ प्रतिशत,लगानी ०.२१, जीवन बीमा ०.१५,उत्पादन तथा प्रशोधन ०.४४ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड २४ लाख बढीको कारोबार भयो । नेपाल फाइनान्सको आज १५ करोड ८ लाख, रिभर फल्स पावरको १२ करोड ४५ लाख,वेष्ट फाइनान्सको १० करोड ४ लाख र दोल्ती पावरको ९ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । दोल्ती पावको सेयरमूल्य आज ९.०९ प्रतिशत,गुराँस लघुवित्तको ८.४२ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९८ प्रतिशतले बढ्यो ।
यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यस्तै रिभर फल्सको ५.४८ र नेशनल हाईड्रोको ४.०४ प्रतिशतले घट्यो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कारोबार भने खुम्चियो, #झिनो अंकले बढ्यो नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्