Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य


काठमाडौं, मङ्सिर २६ गते । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा रहेको थियो ।

यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545