Techie IT
शनिबार, वैशाख ६,२०८२

सुनको मूल्य पुनः १ लाख ५० हजार तल झर्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य पुनः१ लाख ५० हजार तल झरेको छ । गत शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #hot, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?, #सुनको मूल्य पुनः १ लाख ५० हजार तल झर्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545