शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार पनि बढ्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आइतबार ९.९९ अंकले घटेर बन्द भएको नेप्से सोमबार भने १९.९७ अंकले बढेको हो ।
सोमबार कारोबार रकममा समेत सुधार भएको छ । आइतबार ८ अर्ब ८३ करोड २२ लाखको कारोबार भएको नेप्सेमा मंगलबार १० अर्ब ५४ करोड १७ लाखको कारोबार भएको हो ।
नेप्सेका अनुसार आजको कारोबारमा १२६ कम्पनीको शेयरमूल्य बढ्दा १२२ को घट्यो । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले घटेर प्रतिकित्ता १२४४ रुपैयाँमा झरेको छ । यस कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #कारोबार पनि बढ्यो, #शेयर बजारमा दोहोरो अंकको वृद्धि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्