Techie IT
शनिबार, वैशाख ६,२०८२

शेयर बजारमा ३८.८१ अंकको वृद्धि, ९ अर्ब ३१ करोडको कारोबार


काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९९ कम्पनीको शेयरमूल्य बढ्दा ४० को घट्यो भने ५ कम्पनीको स्थिर रहेको छ ।

सात कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।आजको कारोबारमा मिथीला लघुवित्त वित्रीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १७६४ रुपैयाँमा झरेको छ । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545