Techie IT
शनिबार, वैशाख ६,२०८२

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545