Techie IT
आईतबार, वैशाख ७,२०८२

कोकाकोलाको चार्ज्डसँगै गेट चार्ज्ड


सीता पौडेल (अर्चना)काठमाडौं। नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चार्ज्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको ठमेलमा रहेको एलओडि (लर्ड अफ द ड्रिंक्स)को हलमा कम्पनीका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजीजिङ प्रदान गर्दछ । चार्ज्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा बेरी बोल्टको अर्कानयाँँ स्वाद थपिएको हो । उपभोक्ताको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नु भयो , “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ ।

यसमा भएको बेरी बोल्टको स्वादले युवाहरुलाई नयाँँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरुको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।” त्यस्तै समारोहमा बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले भन्नुभयो, “आफ्ना उपभोक्ताहरुलाई नयाँँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएकोछ।

चाज्र्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।” उहाँले चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटि लगायत अन्य डिजिटल माध्यमहरुमा पनि टिभिसि देखाउनुको साथै विभिन्न कलेजहरुमा कार्यक्रमहरु पनि सञ्चालन गरिएको जानकारी दिनुभयो ।

युवाहरुलाई आफ्नो उद्धेश्य प्राप्ति गर्नको लागि हरदम सकृय रहनुपर्छ भन्ने सन्देश बोकेको यसको कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटिहरु पनि देखाइएको छ ।

चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्ट्मेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #कोकाकोलाको चार्ज्डसँगै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545