Techie IT
आईतबार, वैशाख ७,२०८२

ग्लोबल आईएमई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई शैक्षिक सामग्रीहरु सहयोग गरेकोे छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्रीपञ्चमीको अवसरपारेर बैंकले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ ।

बैंकको बागमती प्रादेशिक कार्यालयका उपप्रमुख विदुर ज्ञवालीले विालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #ग्लोबल आईएमई बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545