महिला चेम्बरको मेला तथा स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, ३० चैत्र – नेपाल महिला चेम्बरको मेला तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो । नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा स्वास्थ्य शिविरमा उधयोगी, ब्यवसायी, सर्वसाधारण आदीको उल्लेख्य सहभागिता रहेको थियो ।
मेलामा महिला उधेमीबाट उत्पादित हस्तकलाका सामाग्री, मेकअप सामाग्री, लत्ता कपडा तथा खाध्य सामाग्रीहरु बिक्रीका लागि राखिएको थियो । त्यसैगरि नेपाल महिला चेम्बरले स्व. ईश्वरलाल श्रेष्ठ प्रतिस्ठान, नेपाल क्यान्सर हस्पिटल र निदान हस्पिटलसँगको सहकार्य माझ स्तन क्यान्सर तथा मुटु परिक्षण सम्बन्धी शिविर आयोजना गरेको छ ।
शिविरमा निशुल्क रुपमा होल बडि चेकअप, ब्लड टेस्ट, इसिजी, स्तन क्यासर चेकअप गरिएको थियो । महिला चेम्बरका स्वास्थ्य संयोजक स्वरुपा श्रेष्ठको संयोजनमा आयोजनामा आएको उक्त स्वास्थ्य शिविर माझ वरिस्ठ मुटुरोग विशेसग्य प्रा. डा. अरुण मास्के एबम पुल्चोक स्थित निदान अस्पतालका चिकित्सकको टोली र नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीका चिकित्सक टोलीले स्वास्थ्य चेकजाच गरेको थियो ।
यसै माझ महिला चेम्बरले एक अौपचारिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रम माझ राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अन्जना ताम्राकारलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रसम्शा पत्र प्रदान गरि सम्मान गरेका थिए ।
सोही अवसर माझ अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरद्वारा प्रकाशित नयाँ बर्ष २०७६ सालको पात्रोको अनावरण समेत गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेपाल महिला चेम्बरले स्थापनाको छोटो समयमा महत्वपूर्ण कार्यक्रम गतिविधीको आयोजना गर्दै महिलाहरुको आर्थिक सशक्तिकरणका निम्ती महत्वपूर्ण योगदान पुर्याउदै आएको स्मरण गरेका थिए ।
त्यसैगरि, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुले अवसर पाएको खण्डमा जस्तासुकै कठिन चुनौतीको सामना गर्न सक्ने बताउदै उनीहरुको क्षमतालाई प्रस्तुत गर्ने वातावरण तयार पार्न सरोकारवालाहरुले ध्यान दिनुपर्ने र महिला चेम्बर महिलालाई आत्मनिर्भर र सक्षम बनाउने दिशामा कटिबद्ध भई लाग्दै आएको बताएकी थिईन ।
नेपाल महिला चेम्बरका मेला समिति संयोजक राज्य लक्ष्मी सिंहले स्वागत मन्तब्य राख्दै मेला आयोजनाले महिला उधेमीद्वारा उत्पादित वस्तुको बजारीकरणमा टेवा मिल्ने धारणा राखेकी थिईन ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला चेम्बर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्