भृकुटीमंडपमा चेम्बर एक्स्पो शुरु हुने

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालय भवनमा मंगलवार पत्रकार सम्मेलन गरि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु हुने जनाएको छ । पत्रकार सम्मेलन माझमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवद्र्धन तथा बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको बताए ।
१ सय ९० वटा स्टल रहने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धिलाई प्राथमिकता दिइने पनि बताए ।
त्यस्तै, निकासी अभिबृद्धिको उद्देश्य लिएको चेम्बरले प्रदर्शनी मार्फत निकासी योग्य बस्तुको प्रवर्दन गर्न ब्यापारीक समुदायलाई प्रोत्साहन गर्ने बताएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय एवं ब्यापार तथा निकासी प्रवर्दन केन्द्रको सहकार्यमा हुन लागेको सो मेलामा म्यानमार, चीन, पाकिस्तान, बङ्गलादेश, कोरिया, भारत, जापान लगायतका देशहरुको सहभागिता रहनेछ । मेला बिहीबार देखी सोमबारसम्म काठमाडौंको भृकुटी मण्डपमा हुने छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #चेम्बर एक्स्पो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्