Techie IT
आईतबार, वैशाख ७,२०८२

पूर्व प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दाससमेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा महाविर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरी र तारणी प्रसाद खतिवडा रहेका छन् । उनीहरुले ५ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।


क्याटेगोरी : अर्थ, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545