‘जीवन परिवर्तनमा सहकारीको भूमिका महत्वपूर्ण’

देउखुरी । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले किसानलाई सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
घोराहीमा त्रिसङ्गम बहुउद्देश्यीय सहकारी संस्थाको आज उद्घाटन गर्दै उनले वास्तविक किसानले सरकारी अनुदान नपाएको भन्दै सहुलियतमा ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सभामुख घर्तीले किसानको उत्पादनशीलतालाई बजारीकरण गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन आवश्यक भएको बताए । जीवन परिवर्तनमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले पछिल्लो समय यसतर्फ आकर्षण बढेको उल्लेख गरे ।
जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले जिल्लामा सहकारीको सङ्ख्या ६२१ पुगेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रमेश कार्की, सहकारीका अध्यक्ष प्रेमकुमारी पुन मगर, घोराही उपमहानगरपालिकाका सहकारी रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्