भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षमा मानन्धर

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन हुनुभएको छ । सङ्घ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यमा (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एशोसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला)तर्फ आस्था शाख र श्रीया बल्ल चयन हुनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्नुभएको थियो । निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्