काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुष्मा महरा

काठमाण्डौ । उद्योग वाणिज्य संघको कोषाध्यक्षमा सुष्मा महरालाई चयन गरिएको छ । उनी फेसियल हाउसकी प्रवन्ध निर्देशक हुन ।
सौन्दर्य ब्यवसायमा चेन बिजनेसमा हात हालेकी महराद्वारा सन्चालित फेसियल हाउसले उपत्यका स्थित काठमाडौं मल, सिटीसि मल, बागबजार प्लाजा तथा चावहिल गणेशस्थान र देशका प्रमुख शहर पोखरा एबम् काकरभिट्टाबाट सेवाप्रवाह गर्दै आइरहेको छ । फेसियल हाउसको कोर्पोरेट अफिस काठमाडौं मलमा रहेको छ ।
कोषाध्यक्षमा नियुक्त महराले यो अवसरलाई ब्यवसायीक यात्राको क्रममा आफुले हासिल गरेको राजनीतिक फड्कोको रुपमा विश्लेशण गरेकी छन्। नयाँ जिम्मेवारीबाट उत्साही देखिएकी महराले भनेकी छन( ‘म हर सम्भव आफ्नो तवरबाट यो जिम्मेवारीलाई पूर्णतस् निस्पक्ष रुपमा पुरा गर्नेछु’ । ‘व्यवसायिक रुपमा आफुले हाँसिल गरेको सफलताले आज यो स्थानमा पुर्याएको हो’ महराको भनाई छ । उनी एक दसक अगाडी देखी सौन्दर्य व्यवसायमा सकृय रहदै आएकी छन्।
महरा महिला उधेमीहरु मध्ये छोटो समयमा सफलता प्राप्त गर्नेको पंक्तिमा पर्छिन । महराको मृदु बोलीवचन, नुतन कार्यशैली, बिषयगत ज्ञान र ब्यवसाय प्रतीको लगाव बेजोडको रहेको छ । देशमा सफल महिला उधेमीहरुको संख्या नगन्य मात्रा रहेको बेला महराले उद्योग वाणिज्य संघको राजनीतिमा पदार्पण गरेकी छिन् । अझ यसमा पनि दिनेश श्रेष्ठ नेत्रित्वमा गठित काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा चयन हुनुले पनि बिशेष महत्व राख्दछ । विगतमा नेपाल च्याम्बरले सम्हाल्दै आएको जिम्वेवारीलाई यस संघले उठाउने हुँदा काठमाण्डौ उद्योग वाणिज्य संघको कोषाध्यक्षको भूमिकालाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्