Techie IT
शुक्रबार, चैत्र २८,२०८१

बैंक पनि साथि पनि भन्दै एनआइसी बैंकको बदमासीको संजाल


काठमाडौं । बैंक पनि साथी पनि भन्दै देशभर सबैभन्दा ठूलो शाखा संञ्जाल भएको बैंक भन्दै नारा फलाक्ने एनआइसी बैंकको बदमासीको जंजाल पनि ठूलैरहेछ । हिजो केन्द्रीय कार्यालय अगाडि नै नाराजुलुस घन्केपछि बैंकको बदमासी पर्दाफास भएको हो । यसबारेमा समावेशीअनलाइनका सहयोगी सुजन पन्तले बैंककै अगाडि बसेर हिजो बैंकको आगनमा जे देखे, त्यही लेखे :
ओरेण्टल सहकारीको लगानी रहेको धापासीस्थित २६ रोपनी जग्गामा एनआइसी एशिया बैंकले कब्जा गरेको बदमासी बाहिर आएको छ । बैंकको यो बद्मासीले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ ।

सोमबार बिहान करिब १२ बजेतिर थापाथलिस्थित रहेको एनआईसी बैंकको केन्द्रीय कार्यलय अगाडि यही विषयलाई लिएर यस्तो दृश्य देखियो जुन दृश्य बैंकका कर्मचारीदेखि त्यहाँ आउने सर्वसाधारण मानिसको नजरमा पर्यो ।
बैंक अगाडि अन्दाजी ५० जनाको हाराहारीमा मान्छेको भीड थियो । एनआईसी एशिया बैंकको विरुद्धमा त्यो हुल विरोध र्यालीमा सहभागि भएका थिए । र्यालीमा
पीडितहरुलाई न्याय गर
‘एनआईसी एशिया बैंकले सम्पत्ति लुट्न पाइदैंन्’
‘ओरेन्टलको सम्पत्ति फिर्ता गर’
जस्ता नारा लगाइएको थियो ।
भीडभाडसँगै त्यहाँ गएर बुझ्दा एनआईसी एसिया बैंकको बद्मासीको बारेमा एक जना वृद्धाले वृतान्त सुनाउन थाले ।
वृद्धाको भनाई जस्ताको तस्तैः–

ओरेण्टल सहकारीका निक्षेपकर्ताहरुले सहकारीमा जम्मा गरेको निक्षेप रकम सुधिर बस्नेतले अपार्टमेन्ट निर्माणमा लगानी गरेका थिए । सो अपार्टमेन्ट निर्माणका लागि बस्नेतले धितो राखेको २६ रोपनीको अर्बौं पर्ने जग्गामा एनआईसी एशिया बैंकले कौडीको भाउमा कब्जा गर्न खोजेको ती वृद्धाले बताए ।

धितो राखेको समयदेखि बैंकको ब्याज तिर्दै आएको पछिल्लो समयमा एक्कासी ७० प्रतिशत व्याजदर वृद्धि गरि हड्पने नियत राखी थोरैमात्र ब्याज रकम तिर्न बाँकी हुँदा मात्रै पनि बैंकले उक्त जग्गा २३ करोडमा बैँकले आफ्नो नाममा लिएको छ ।
उक्त जग्गाको साँवा ब्याज रकम तिर्छु भनि बस्नेतले पटक–पटक आग्रह गर्दा पनि बैंकले रकम बुझ्न नमानी सो जग्गा हड्पन खोजेको कारणले सहकारी तथा हाउजिङ्ग पिडितहरु अरु थप पिडित बन्न पुगेका छन् ।

पहिले धितो राख्दा खाली जग्गा मात्रै भएपनि अहिले धेरै पूर्वाधार ठूला– ठूला विल्डिङहरु निर्माण भैसकेको र अब उक्त जग्गालाई अर्बौं पर्छ । तर उक्त जग्गाको पुन मुल्यांकन नगरी बैंकले कौडीको भाउमा हड्पन खोजेको आरोप लगाए ।
राष्ट्र बैंकले चिठ्ठी काट्दा समेत एनआईसी एशिया बैंकले उक्त निर्देशन नमान्नुमा राष्ट्र बैंकको पनि मिलोमतो भएको उनले बताए ।
पीडितहरु भन्छन

हकारी पीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोखरेलले जग्गामा निर्मित हुने अपार्टमेण्टका बुकिङकर्ताहरुले बैंकको विरुद्धमा सडम संघर्ष गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएमा त्यसबाट हुन जाने सम्पूर्ण क्षतिको जिम्मेवार स्वय.म बैंक हुनुपर्ने बताइन् ।
‘समस्या नबढाऔं, समाधान खोजौं भन्ने पक्षमा हामी छौं,’ अध्यक्ष पोखरेलले भनिन्, ‘यो कुरालाई बैंक व्यवस्थापनले समेत सकारात्मक रुपमा लिनेछ ।’
हाल सबै पिडितहरु मिलेर त्रिपक्षीय सम्झौता गरेको र एकपटक सबै पिडितहरु मिलेर सम्बन्धित निकाय धाउने तर यति प्रयास गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएमा सबै पिडितहरु मिलेर सडक संघर्षमा उत्रन बाध्य हुने स पोखरेलले जानकारी दिइन् ।

केही समयअघि एनआईसी एशिया बैंकको स्वीफ्ट ह्याक भएर करोडौं रुपैयाँ तलमाथि हुन पुग्यो । यस्ता घटना बढ्दै गर्दा नेपालका बैंकको स्वीफ्ट प्रणाली कति सुरक्षित छ भन्ने चासो यतिबेला पनि सर्वत्र छ ।

गत असारको पहिलो सातातिर बैंकको केन्द्रीय कार्यालय अगाडि ‘अन्दाजी ५० वर्षको मान्छे । आसकोटसँगै सर्ट पाइन्ट लगाएको । हातमा बैंकका डकुमेन्ट लिएर शरीरमा टाँसेको पोष्टर देखाउँदै आँखाभरी आँशु थियो ।’ जो कसैले पनि सोच्थे कि यो मान्छे पागल रहेछ ।
उक्त मान्छे न पागल थिए, न अबुझ नै । उनी थिए मनोबिश्लेषक बासु आचार्य । मनोविश्लेषक आचार्य एनआईसी बैंक अगाडि उभिएर आँखाभरी आँशु झार्दै किन बसे ? यो विषयमा पनि हामीले केही तथ्यहरु आचार्यसँग बुझ्ने कोसिस गरेका थियौं ।

आचार्यले कुराकानीमा सुरुमै भने, ‘एनआईसी बैंकको गाडीको ऋण तिरिसकेर कागज फिर्ता माग्न र कालो सूचीबाट नाम हटाउन भनेर करिब दुई हप्ता अगाडि बैंक आएको उल्टो ११ लाख तिर्न बाँकी छ रे…!’ उनको शरीरमा टाँसेको पोष्टरमा पनि यही नै लेखिएको थियो ।
‘आज पहिलो दिन हो । अब बैंकले मैले पैसा तिर्न बाँकी छ भन्छ भने ११ लाख होइन २२ लाख तिर्न पनि तयार छु ।’ आचार्यले आक्रामक रुपमा आएर भने, ‘मैले पहिला नै बैंकलाई कागजपत्र लिएर उभिनुपर्ला भनेर जानकारी गराइसकेको थिए । बैंकले यसबारे कुनै चासो नदिएको र बैंकका कर्मचारीहरुले उल्टै जेल हाल्ने धम्की दिए ।’

उनको शरीरमा फरक–फरक शब्द लेखिएको ४÷५ वटा पोष्टर थियो । जसमा लेखिएको थियो– अर्थमन्त्री युवराज खतिवडाज्यू, तपाईंको अर्थतन्त्रमा मलाई ठूलो अन्याय भयो । कि मलाई न्याय दिनुहोला । कि तुरुन्त राजिनामा दिनुहोस् । एनआईसी बैंक पीडित बासु आचार्य ९८५११…… ।’
यो पोष्टर त्यहाँ भीड भएका सर्वसाधरणहरु सबैको नजरमा पर्यो । सबैले किन यस्तो गरेको त बैंकले भनेर आचार्यसँग प्रश्न गर्न थाले ? रुँदै आचार्यले केही भन्नै लाग्दा बैंकका एक कर्मचारी आएर भित्र हिँड्नुस् म तपाईंलाई सिइओसँग भेट गराउँछु भने । कर्मचारीको कुरालाई वास्ता नगरी आफूलाई बैंकले अन्याय गरेको आचार्यले बताए ।

आफूले राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्री खतिवडासँग पनि यो कुरा राखिसकेको बताएका आचार्यको शरीरमा टाँसिएको पोष्टरमा लेखिएको थियो– ‘नेपाल राष्ट्र बैंकका गर्भनरज्यू, पैसा तिरिसकेपछि कागज फिर्ता पाउनको साटो उल्टो जेल हाल्ने धम्की आयो । म तपाईंबाट आश गरौं कि नगरौं । कि मलाई न्याय दिनुहोला । कि तुरुन्त राजीनामा दिनुहोला । एनआईसी बैंकपीडित बासु आचार्य ।
९८५११…. ।’
‘एनआईसी एसिया बैंकले मेरो जर्बजस्ती गाडी लग्यो, मैले केही नभनि दिए, बेच भन्यो, मैले बेचें । एक हप्ताअघि पैसा किन नतिरेको भनेर बैंकले मलाई सोध्यो । जुन कुरा म आफैंलाई थाहा छैन । कुन दिन लगेको आफैंलाई थाहा छैन्,’ आचार्यले भने, ‘बैंकसँग एग्रिमेन्ट गरेको छु । कागजपत्र सबै छ । लोन सबै चुक्ता गरिसकें ।’

फरक प्रसंगमा आचार्यले एनआईसी एसिया बैंक विवादले भाई अस्ट्रेलिया जान नपाएको कारण मेरो भाइसँग दुश्मनी भएको पनि बताएका थिए । भाईसँग दुश्मनी किन भनेर आचार्यसँग प्रश्न गर्दा उनले एनआईसी बैंकको कारण रहेको बताए ।

अर्को एक पोष्टरमा झनै अनसन–दिन–१, एनआईसी बैंकको गाडीको ऋण तिरिसकेर कागज फिर्ता माग्न आएको र कालो सूचीबाट नाम हटाउन आएको उल्टो ११ लाख तिर्न बाँकी छ रे…, म माथि अन्याय भयो । एनआईसी बैंकपीडित बासु आचार्य । ९८५११… । भनेर लेखिएको थियो ।

यो विषयमा पछि पनि फ्लोअप गर्दा आचार्यसँग बैंकले केही सहमति गरेको स्रोतले जनाएको छ । बैंकका यस्ता बद्मासी धेरै नै रहेको पाइएको छ । त्यतिबलै हामीलाई सामाजिक सञ्जालमार्फत फेसबुकबाट बैंकको बद्मासीबारे अन्य जानकारी दिनेको ओइरो लागेको थियो ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #एनआइसी बैंकको बदमासी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Light Rain
5:41 am6:27 pm +0545