राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

नेपाल हस्तकला महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासङ्घले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको आविस्कार केन्द्रलाई आज रु एक लाख आर्थिक सहयोग गरेको हो ।
महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको राससलाई जानकारी दिनुभयो ।
महासङ्घले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरेको जनाएको छ । सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासङ्घले लिएको छ ।
महासङ्घले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #राष्ट्रिय आविस्कार केन्द्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्