सिइडिबीको आईपीओ आजदेखि खुला

काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर /आईपीओको आजदेखि सर्वसाधारणका लागि आवेदन खुला भएको छ ।
शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयरका लागि आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।
यस कम्पनीको लगानी रहेको लमजुङमा ४।४० मेगावटको राधी विद्युत् कम्पनी र ०।१८ मेगावटको स्यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : ##सिइडिबी#आईपीओ, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्