मेगा बैंकले ल्यायो अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा

मेगा बैंक नेपाल लिमिटेडले ग्राहकमैत्री अत्याधुनिक ‘टीक बैंकिङ’ सेवा शुभारम्भ गरेको छ ।
अत्याधुनिक प्रविधिहरुलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा ल्याएको हो । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्दछन् ।
यो सेवा कसरी लिने ?
सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक बेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ (त्ष्अप द्यबलपष्लन) उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक (अष्अिप) गरेपछि जुन सेवा लिन चाहेको हो, त्यो छान्नुपर्छ । त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका बिभिन्न सेवा÷सुविधाहरु भेटिन्छन् । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नुपर्छ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र बिभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।
इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा गरेअनुसारको सेवा तत्कालै लिन पाइनेछ । यसले स–सानो कुराका लागि जानकारी लिन बैंकमै आउनुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास लिएका छौं ।’– सिइओ खुञ्जेलीले भन्नुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #मेगा बैंक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्