कोरोनाबाट मृत्यु भएको सुत्केरी महिला बस्दै आएको गोंगबु क्षेत्र शिल

३ जेठ, काठमाडौं । कोरोनाको कारण सिन्धुपाल्चोक १२ह्रबिसे राम्चेकी साबित्रा तिमिल्सिनाले काठमाडौंमा डेरा गरी बस्ने गोंगबु क्षेत्रलाई सम्भावित कोरोना संक्रमणबाट जोगाउन शिल गरिएको छ ।
नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीले निकालेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना हो ।
सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिङ अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नु भएको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र शिल गरिएको जानकारी गरिन्छ ।
‘आफू पनि बचौं र अरुलाई पनि बचाउँ’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै लकडाउनको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गरेका छन् ।
टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष जे.पी नेपालका अनुसार टोखा ९ नं. वडा बासीहरुमा आइतबार ९ बजेदेखि दिपज्योती टोलदेखि सिदा गोङबु चोक रिङरोड भित्रको भाग सिल गरिएको हुँदा कोही पनि घर बाहिर ननिस्क्न र निस्केमा प्रहरीले कारबाही गर्ने भएको हुँदा सबैमा जानकारी गराउन सूचना सार्वजनिक गरेका छन् ।
आइतबारदेखि गोङबु क्षेत्रमा कुनैपनि पसल वा केही पनि कार्य गर्न पाइने छैन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गोंगबु क्षेत्र शिल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्