Techie IT
बुधबार, माघ २३,२०८१

दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय


काठमाडौँ । सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

 

अध्यादेशको बारेमा सत्तारुढ दल तथा बाहिरबाट चौतर्फी आलोचना भएपछि अध्यादेश फिर्ता लिइएको छ ।

 

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन सहिलो हुने गरि ल्याएको अध्यादेशको पार्टीभित्र तथा बाहिरबाट चर्को विरोध भइरहेको छ । उक्त दुवै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्को दबाब परेपछि सरकार पछि हटेको हो ।

 

अब सरकारको निर्णयसँगै हुने सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने छिन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #दुबै अध्यादेश फिर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545