Techie IT
सोमबार, वैशाख ८,२०८२

स्वयम्भूमा गोली चल्यो , १० जना लुटेरा नियन्त्रणमा


२४ साउन, काठमाडौं । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ ।

स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।

लोप्साङलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो ।

लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।

लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गोली चल्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545