Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सूचक रहेको विवरण सार्वजनिक


काठमाडौं, २६ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापा अमेरिकी सूचक रहेको विवरण सार्वजनिक हुन थालेका छन् ।

११ बर्षअघि नेपालमा भएको पहिलो संविधानसभाको निर्वाचनका निम्ति अमेरिकाले तयार पारेको आन्तरिक रिपोर्टमा तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र नेपाली कांग्रेसको चुनावी अवस्था कस्तो हुन्छ भन्ने प्रक्षेपणमा थापासँग लिइएको राय उल्लेख छ ।

केही महिनाअघि मात्र अमेरिकाको हार्डवर विश्वविद्यालयमा अध्ययनका निम्ति अमेरिकी खर्चमा नै थापा त्यहाँ पुगेको विषयले सार्वजनिक भएका विवरण पुष्टि गर्ने आधारशुत्र मानिन थालिएको छ ।

सो क्रममा हाल नेपालका लागि अमेरिकी राजदूत रहेका रेन्डी बेरीले तयार पारेको प्रतिवेदनमा थापालाई ‘कि एम्बेसी कन्ट्याक्ट’ अर्थात् दूतावासका खास सूचकका रूपमा व्याख्या गरिएको छ ।

सोही सन्दर्भबारे थापाले गरेको रिपोर्टलाई अमेरिकी दूतावासले प्रतिवेदनमा उल्लेख गरेको विवरणहरू हाल सार्वजनिक भएका हुन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545